site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमका जहाज– भाडाकै इन्जिनले धानिरहेछन् ! 

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज इन्जिन मर्मत नहुनु नियमितजस्तै बनेको छ । निगमसम्म दुई न्यारोबडी, दुई वाइडबडी र दुई वटा ट्विनअटर जहाज छन् ।

पछिल्लो दुई वर्षमा निगमको दुई न्यारोबडी जहाज करिब ७२२ दिन भाडाको इन्जिनबाट उडान भर्ने गर्छ । निगमसँग सम्झौता भएको म्याद सकिँदा पनि इन्जिन मर्मत गर्ने कम्पनीले मर्मत गरिदिँदैनन् । निगम व्यवस्थापन पनि त्यसविरुद्ध कानुनी कारबाहीमा पनि जान सकेको छैन ।

त्यसको पछिल्लो उदाहरण हो ‘न्यारोबडी लुम्बिनी जहाज’ । उक्त जहाजको इन्जिन २०२३ को जुलाई ३० मा बिग्रिएको थियो । उक्त जहाजको इन्जिन मर्मत गर्न निगमले २०२३ को सेप्टेम्बर ३० मा इन्जिन इजरायल पठाइएको थियो ।

उक्त जहाजको इन्जिन मर्मत ६५ दिनमा गरी दिने सम्झौता भएको थियो । इन्जिन मर्मत गर्न पठाएको १७९ दिन भएको छ । तर, अझै जहाजको इन्जिन मर्मत हुन सकेको छैन ।
 
कुन जहाजको भाडा इन्जिन कहिले र कति दिन ?

नाइन एन ए के डब्लू (सरगमाथा) जहाजको इन्जिन सन् २०२१ को डिसेम्बर २७ मा कतारमा बिग्रियो । उक्त जहाजको इन्जिन कतारको दोहामा अवतरणपछि ‘पार्किङ वे’मा लैजाँदै गर्दा बिग्रिएको थियो । इन्जिन बिग्रिएपछि जहाज कतारमा दुई महिना ग्राउन्डेड भयो ।

कतारमा ग्राउन्डेड भएको जहाज २०२२ को मार्चमा ५ देखि भाडाको इन्जिन प्रयोग गरेर उडानमा आयो । निगमले एमटीयूसँग दैनिक २ हजार डलरमा इन्जिन भाडामा लिएर जहाज उडानमा ल्याएको थियो ।

भाडाको इन्जिन निम्ति प्रत्येक दिन उडान हुँदा/नहुँदा पनि दुई हजार डलर तिर्नुपर्ने हुन्छ । निगमले उक्त लुम्बिनी जहाजमा भाडाको इन्जिनका लागि तीन लाख ५८ हजार अमेरिकी डलर बेहोरिसकेको छ । भाडाको इन्जिन प्रयोग गरेर उडानमा ल्याएको उक्त जहाजको २०२२ को जुलाई ३० मा फेरि अर्को इन्जिन बिग्रियो । सेप्टेम्बर ३० सम्म ग्राउन्डेड भयो ।

जहाज ग्राउन्डेड हुँदा निगमले त्यही कम्पनीको इन्जिन भाडामा लिँदै प्रयोग गरिरहेको थियो । जहाज उडानमा नरहेपनि इन्जिन भाडावापत दैनिक २ हजार डलर खर्चिरह्यो । सेप्टेम्बर ३० मा मर्मत भएको इन्जिन प्रयोग गरेर जहाज उडानमा ल्याइयो । भाडामा लिइएको इन्जिन भाडामा नै प्रयोग गरिराखियो । तर मर्मतका लागि पठाइएको इन्जिन एक वर्षसम्म पनि मर्मत भएन ।

त्यही बीचमा फेरि २०२३ को जुलाई १७ मा एयरबस ३२० को इन्जिनमा समस्या देखियो । सेप्टेम्बर २०२२ मा मर्मतका लागि पठाइएको जहाज त्यो बेलासम्म मर्मत भएको थिएन । २०२२ को सेप्टेम्बरमा मर्मतका लागि पठाइएको इन्जिन २०२३ को अगष्टमा मात्रै मर्मत भयो ।

अगष्ट १२ मा भाडाको इन्जिन छाडेर मर्तत भएको इन्जिन जहाजमा प्रयोग गरेर उडानमा ल्याइयो । तर त्यो बेलासम्म अर्को नाइन एकेएक्स जहाजको इन्जिनमा समस्या देखिएर ग्राउन्डेड भएको थियो ।

निगम व्यवस्थापनले त्यो बेलासम्म भाडामा प्रयोग भएको इन्जिन उक्त जहाजमा प्रयोग गरेन । पहिले भाडामा लिएको इन्जिनको सम्झौता २०२३ अगष्ट ३० अर्थात् ५४३ दिनमा अन्त्य ग¥यो । निगमले यतिबेला इन्जिन प्रयोग गरेबापत १० लाख ८६ हजार अमेरिकी डलर तिर्नुपरेको थियो । 

त्यही बीचमा इन्जिन मर्मत तथा भाडाका लागि भन्दै ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई) छनोट गर्‍यो ।

जुलाई १७ मा बिग्रिएको इन्जिन मर्मत गर्न सेप्टेम्बर ३० मा इजरायल पठाइयो । उता पठाएको १० दिनपछि ब्रिगिएको इन्जिन मर्मतका लागि छाड्दै भाडाको इन्जिन प्रयोग गरेर उडानमा ल्याइयो । नाइन एन एकेएक्सकै अर्को इन्जिनमा पुनः समस्या २०२३ नोभेम्बर ३० मा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भयो । 

उक्त जहाज जनवरी १२ मा इजरायलस्थिल आईएआईमा पठाइएको थियो । सेप्टेम्बर ३० मा मर्मतका लागि छोडिएको इन्जिन मर्मत ६५ दिनमा गर्नुपर्ने थियो । तर १७९ दिन बितिसम्दा पनि इन्जिन मर्मत हुन सकेको छैन ।

जहाजको इन्जिन समयमा मर्मत हुन नसक्दा उडान तालिका नै प्रभावित भएको छ । यस प्रत्यक्ष असर आम्दानीदेखि हिस्सामा समेत असर परेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro