site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसईई आजदेखि, नयाँ निर्देशिकाअनुसार कसरी छुट्याइन्छ जीपीए र ग्रेड ? 
फाइल तस्बिर ।

काठमाडौं । वर्ष २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । यो वर्ष एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदै छन् । देशभरका दुई  हजार ६४ परीक्षा केन्द्रबाट एकसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  यो वर्ष एसईईको नतिजामा लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको ग्रेडिङ हुनेछ । 

नयाँ निर्देशिकाअनुसार यसरी छुट्याइन्छ ग्रेड र जीपीए  
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थाीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक (जीपीए) र अइर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ । 

Dabur Nepal
NIC Asia

विषयगत रूपमा सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त छुट्टाछुट्टै अंकलाई अक्षर ग्रेड (लेटर ग्रेड)मा रूपान्तरण गरिनेछ ।  
जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिङ ‘ए प्लस’ हुनेछ, यसलाई सर्वोत्कृष्ट उपलब्धि मानिएको छ । 

यस्तै, ८० देखि ९० प्रतिशत ल्याउनेको जीपीए ३.६ र ग्रेड ‘ए’ हुनेछ भने ७० देखि ८० सम्म प्रतिशतलाई ३.२ जीपीए दिइनेछ, उनीहरूको ग्रेड ‘बी प्लस’ हुनेछ । यस्तै, ६० देखि ७० सम्म ल्याउनेको जीपीए २.८ र ग्रेड ‘बी’, ५० देखि ६० ल्याउनेको जीपीए २.४ र  ग्रेड ‘सी प्लस’, ४० देखि ५० सम्म ल्याउनेको जीपीए २.० र ग्रेड ‘सी’, ३५ देखि माथि ४० सम्म ल्याउनेको जीपीए १.६ र ग्रेड ‘डी’ कायम हुनेछ । सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको ग्रेड तोकिने छैन अर्थात् ग्रेडको वर्गमा ‘नन् ग्रेडेड’ र जीपीएको वर्ग खाली राखिनेछ । 

प्रत्येक विषयमा आन्तरिकतर्फ न्यूतनम ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त नगरेसम्म विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । मूल प्रमाणपत्र प्रप्त नगरी उच्च शिक्षा अध्ययन गर्न पाइने छैन ।  यसरी ‘नन् ग्रेडेड’ नतिजा आएका विद्यार्थीले दुईवटा विषयमा तीन पटकसम्म तत्कालै हुने ग्रेडवृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा उपनियन्त्रक भक्त गोदार बताउँछन् । 

उनका अनुसार दुईभन्दा बढी विषयमा नन् ग्रेडेड भएका वा तत्काल हुने ग्रेडवृद्धि परीक्षामा पनि न्यूनतम ग्रेड पाउन नसकेका विद्यार्थीले अर्को वर्ष हुने एसईईमा सबै विषयमा परीक्षा दिन पाउनेछन् । यदि विद्यार्थी सैद्धान्तिकतर्फको परीक्षामा सामेल हुन नपाएमा उसको आन्तरिक तथा प्रयोगात्मकतर्फको अंक तीन वर्षसम्म कायम रहनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro