site stats
बाह्रखरी :: Baahrakhari
खेल
राखेपलाई मन्त्रालयको पत्र : पदाधिकारीको विदेश भ्रमण र आम्दानी स्रोत उपलब्ध गराउनू 
फाइल तस्बिर ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट र फुटबलका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र लेख्दै पदाधिकारीहरूले गरेको विदेश भ्रमणको विवरण र संघको आम्दानी स्रोत उपलब्ध गराउन निर्देशन दिएको छ । 

मन्त्रालयले मंगलबार राखेपलाई पत्र लेख्दै क्रिकेट र फुटबलमा विभिन्न ११ विवरण उपलब्ध गराउन पत्र भनेको छ । जसमा संघको विधान, पदाधिकारी विवरण, पछिल्लो तीन वर्षको लेखा परीक्षण प्रतिवेदन, पदाधिकारीहरूले गरेको विदेश भ्रमण विवरण र संघको आम्दानी स्रोतजस्ता विषयको विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उपयुक्त सम्बन्धमा क्रिकेट र फुटबल खेलबाट नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्दै आइरहेको विषयमा आमजनता तथा खेलप्रेमीहरूको व्यापक समर्थन र चासो रहँदै आइरहेको कुरा यहाँमा विदितै छ । उक्त खेलहरूको विकासको लागि थप योजना, नीति तथा रणनीति तयार गर्ने सन्दर्भमा तत् तत् खेल सम्वद्ध संघहरूको काम, कारबाही एवं क्रियाकलापसँग सम्बन्धित देहायका विवरण एवम् कागजातहरूको प्रमाणित प्रतिलिपीहरू (बुँदागत माग भएअनुसार स्पष्ट उल्लेख गरी) यथाशीघ्र उपलब्ध गराइदिनु हुन निर्देशानुसार अनुरोध गर्दछु,” मन्त्रालयले राखेपलाई पठाएको पत्रमा उल्लेख छ । 

यसअघि बाह्रखरीलाई मन्त्रालय स्रोतले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)मा अनियमितता देखिएको भन्दै चासो राखेको बताएको थियो ।

Khelkud-mantralaya-1711529798.png
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्