site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतबाट बिजुली आयात गर्ने अनुमति म्याद सकिँदै, नवीकरण हुनेमा प्राधिकरण ढुक्क

काठमाडौं । भारतले नेपाललाई विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता नवीकरण गर्नुपर्ने म्याद सकिन लागेको छ । सन् २०२१ अप्रिलमा नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट बिजुली खरिद गर्न पाउने अनुमति पाएको थियो ।

नेपालले पाँच वर्षका लागि आईईएक्सबाट विद्युत् खरिद गर्नसक्ने अनुमति पाएको थियो । उक्त अनुमति सम्बन्धी सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । अप्रिल १ देखि एक वर्षका लागि हुने नवीकरण म्याद अवधि मार्च ३१ मा सकिँदै छ ।

नेपाल विद्युत् प्राधिकरणले करिब तीन महिनाअघि नै अनुमति सम्बन्धी सम्झौता नवीकरणका लागि अनुरोध गर्दै भारतलाई पत्र पठाएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । उनका अनुसार अनुमति पाउनेमा अहिलेसम्म प्राधिकरण ढुक्क छ । मार्च ३१ सम्मको म्याद रहेको भन्दै त्यतिबेला भारतीय पक्षले अनुमति प्रदान गर्ने उनको भनाइ छ ।

“मार्च ३१ मा म्याद सकिन लागेको हो । गत वर्ष पनि भारतीय निकायले मार्च ३१ मै अप्रुभल दिएको थियो,” प्राधिकरणका प्रवक्ता घोषले बाह्रखरीसँग भने, “नवीकरण नभए के होला ? नवीकरण हुँदैन कि भन्ने काल्पनिक कुरा हो । नवीकरण हुनेमा हामी ढुक्क छौँ ।”

नेपालले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्दै आएको छ । हाल नेपाली बजारमा १७ सय मेगावाट विद्युत् माग हुँदै आएको छ । तर, नेपालमा सरकारी र निजी क्षेत्रबाट एक हजार मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro