site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समितिमा जीबी राईको खोजी,  इन्टरपोलबाट समात्ने कुरा के भयो ?

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिमा सहकारी प्रकरणमा जोडिएका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई (जीबी राई)को खोजी भएको छ । 

सांसद् पृथ्वी सुब्बा गुरूङले बुधबारको समिति बैठकमा जीबी राईबारे अघिल्लो बैठकमा छलफल भएको र अहिले के भयो भन्दै प्रश्न गरे । “जीबी राई खोइ भनेर हामीले अघिल्लो पटक सोधेका थियौँ, इन्टर पोलबाट समात्छौँ भनेर अघिल्लो बैठकमा भन्नुभएको थियो, त्यो के भयो मेरो प्रश्न छ,” उनले भने । 

उनले गृहमन्त्रीलाई सुशासन कायम गर्ने विषय कहाँ पुग्यो भनेर प्रश्न सोधेका छन् । “नयाँ गृहमन्त्री आउनुभएको छ, सुशासन कायम गर्ने भनेर अहिलेको गठबन्धनले भनेको छ । कुशासनको जालो भत्काउने काम भयो ? भएको छैन भने कहिले गर्नुहुन्छ ?,” उनलेको प्रश्न छ । 

उनले प्रहरी ऐन चाँडोभन्दा चाँडो ल्याएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताए । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्