site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईश्वर पोखरेलको दाबी : कोसी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुन्छ

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोसी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल उदयपुर शाखाले मंगलबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले कोसीको नेतृत्व गर्ने विषयमा अहिलेको सत्तागठबन्धनभित्र सहमति भएको बताएका हुन् ।

उनले अहिलेको सत्ता गठबन्धनलाई देश बनाउने सपनालाई साकार पार्ने महत्त्वपूर्ण कामको थालनी भएको र यसलाई जोगाएर अगाडि बढ्नु सत्ता साझेदार दलको अहिलेको आवश्यकता भएको बताए । उपाध्यक्ष पोखरेलले आर्थिक विकास र समृद्धिको अभियान बीचैमा अलपत्र भएको अवस्थामा अहिलेको सरकार निर्माण गरिएकोले अब देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने बताए ।

नेता पोखरेलले २०८४ सालमा हुने आम निर्वाचनमा नेकपा (एमाले) कुनै दलसँगको गठबन्धन नगरी एक्लै चुनावी मैदानमा जाने र बहुमत ल्याएर एकमना सरकार बनाउने गरी अहिले मिसन २०८४ को लागि आफ्नो संगठन सुदृढीकरण अभियानमा होमिएको बताए । एउटा गठबन्धन टुटेर अर्काे बनेको अहिलेको यो परिस्थितिमा अहिले नै अर्काे गठबन्धन निर्माण हुने अवस्था नरहेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro