site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरीका खोलापैनी मिचेर बनाइएका संरचना हटाउन सुरु 

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले खोलापैनी मिचेर बनाइएका भौतिक संरचना भत्काउन थालेको छ ।

मंगलबार स्थानीय टेंग्रा खोलाको सिरानबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन थालिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । जग्गा खाली गराउन मेयर पौडेल आफैँ डोजर लिएर खोलापैनी पुगेका थिए ।

उनले भने, “बारम्बार सूचना प्रकाशित गर्दा समेत अटेरी गरेपछि बाध्य भएर डोजर चलाइएको हो ।”

टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीका दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने व्यवस्था छ । खोलापैनीका दुवैतर्फ ६/६ मिटर नछाडीकन निर्मित भवन संरचना हटाउन सुरु गरिएको उपमहानगरले जनाएको छ ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी नगर क्षेत्रमा डुबान हुने गर्छ । उपमहानगरका २० मध्ये विशेष गरी ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा बढी डुबानमा पर्ने गरेका छन् । ०७४ मा आएको बाढीका कारण यहाँ नौजनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीमा परेर चारजनाको मृत्यु भएको थियो ।

०४३ सालमा आएको बाढीले टेंग्रा खोलाको सतह पुरिदिएको थियो । त्यसबाट साविक इटहरी–१, ४ र ८ नम्बर वडामा जमिन कम्तीमा १० फुटसम्म डुबानमा परेको थियो । ०५३ सालमा पुनः इटहरी क्षेत्र डुबानमा परेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro