site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्लोरिडामा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले सोमबार यस्तो कानुनमा हस्ताक्षर गरेका हुन् ।

नयाँ नियममा १४ देखि १५ वर्षका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न आमाबुवाको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, सामाजिक सञ्जाल कम्पनीलाई १४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्ट डिलिट गर्न निर्देशन दिइने भएको छ ।

यो कानुन सन् २०२५ जनवरी १ देखि लागु हुनेछ । सामाजिक सञ्जाल कम्पनीले बालबालिकालाई चलाउन नदिन तेस्रो पक्षको उमेर प्रमाणीकरण प्रयोग गर्नुपर्नेछ ।

Global Ime bank

बालबालिकालाई उनीहरूको मानसिक स्वास्थ्य र अनलाइनको जोखिमबाट जोगाउन यो कानुन ल्याइएको जनाइएको छ ।

फ्लोरिडाका गर्भनरले विज्ञप्तिमार्फत भनेका छन्, “सोसल मिडियाले बालबालिकालाई अनेकौँ किसिमले हानि पुर्‍याउँछ । यसले (कानुन) आमाबुवालाई आफ्ना बालबालिका सुरक्षित राख्ने बाटो दिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC