site stats
बाह्रखरी :: Baahrakhari
कला
‘महाजात्रा’ हेरेर केपी ओलीले के भने ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘महाजात्रा’ हेरेपछि १० मा ९.५ रेडिङ दिने बताएका छन् । सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यसहित चलचित्र हेरेका उनले भने, “१० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाएँ ।” 

राम्रो सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिने भन्दै उनले दुवै पक्ष महाजात्रामा सशक्त रहेको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“बाटो विराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ । यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ,” उनले भने, “फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।” 

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायत ४० नेताले फिल्म हेरेका थिए । 

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ । 

आपतकालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ । 

चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले नर्माण गरेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्