site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
भिडियोतिर लाग्यो स्पोटिफाई, ई–लर्निङको सुविधा थप्दै

काठमाडौं । म्युजिक स्ट्रिमिङ, पोडकास्ट र अडियोबुकका लागि चर्चित स्पोटिफाईले अब ‘भिडियो कोर्स’ ल्याउने भएको छ ।

आफ्ना ६० करोडभन्दा बढी प्रयोगकर्तालाई प्लेटफर्ममा थप समय र पैसा खर्च गराउन कम्पनीले ई–लर्निङको सुविधा थप्न लागेको हो ।

स्पोटीफाईले सबैभन्दा पहिले बेलायतमा शैक्षिक एवं सिकाइका भिडियो सामग्री राख्न मिल्ने फिचर परीक्षण थालेको छ ।

यसका लागि कम्पनीले बीबीसी र स्किलसेयरजस्ता तेस्रो पक्षसँग सहकार्य गर्ने भएको छ । स्पोटीफाईले सुरुका दुई लेसन नि:शुल्क हेर्न दिने र बाँकीको २० देखि ८० पाउन्डसम्म मूल्य पर्ने जनाएको छ ।

Global Ime bank

कम्पनीका निर्देशक मोहित जितानीले थप फिचर सार्वजनिक गर्नुअघि परीक्षण भइरहेको बताएका छन् । स्पोटीफाई मोबाइल एप र वेबमा कोर्सेस भनेर नयाँ सेक्सन थपिएर त्यहाँ यी भिडियो कन्टेन्ट देखिनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu