site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चराका कारण पोखरा विमानस्थलमा उडान प्रभावित, यती र बुद्धका विमान 'डाइभर्ट' 

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबखत चराका कारण उडान/अवतरणमा समस्या देखिँदै आएको छ । उक्त समस्या पुनः आइतबार बिहान पनि दोहोरिएको छ । 

बिहानदेखि चराका हुल विमानस्थल परिपरि रहेका कारण कुनै पनि उडान अवतरण हुन सकेका छैनन् । चराकै कारण बिहान ११ बजेसम्म पनि रनवे खुल्न सकेको छैन । यसका कारण हवाई उडान प्रभावित भएको छ । चराहरूलाई हटाउन अहिले विमानस्थलमा रहेका सम्पूर्ण स्रोत साधन प्रयोग गरिएको विमानस्थल प्रमुख जसोदा रेग्मीले बताइन् । 

“पानी परेर दुई दिन पोखरामा मौसम ओसिलो बनेको छ । जसले गर्दा विमानस्थल आसपासमा साना–साना किरा फट्यांग्राहरूको गतिविधि धेरै बढेको छ । त्यसले गर्दा विमानस्थलमा बिहानदेखि नै चराहरू देखा परेका छन्, अहिले उडान अवतरण हुन सकेको छैन,” उनले भनिन्, “त्यसले गर्दा पोखरा विमानस्थमला विमानस्थलको रनवे क्लोज गरिएको छ । रनवे क्लोज हुँदा कुनै पनि उडान/अवतरण हुन सकेको छैन ।” 

काठमाडौंबाट पोखरा गएको यतीको एक वटा र बुद्धको दुई वटा विमान काठमाडौं नै डाइभर्ट गरिएको छ । यतीको उडान नम्बर ६७३, बुद्धको उडान नम्बर ६०५ र ६५१ डाइभर्ट गरिएको हो । करिब एक घण्टा होल्ड गरेपछि विमान डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । 

 

चरा धपाउन सबै इक्युप्मेन्ट प्रयोग 

विमानस्थलमा बिहान ८ बजेपछि चराको गतिविधि बढेको थियो । त्यसपछि सबै स्रोतसाधन प्रयोग गर्दा पनि चराको गतिविधि रोक्न नसकेपछि रनवे नै बन्द गर्न गरेको थियो । 

चरा धपाउन विमानस्थलमा उपलब्ध सम्पूर्ण इक्युप्मेन्ट प्रयोग गरिएको छ । किरा फट्याङ्ग्रा हटाउन रनवे नै पानीले पखाल्नेर सफा गरिएको छ । विमानस्थल व्यवस्थापन शाखाले चरा धपाउन प्रयोग गरिने भेहिकलमा चरा तर्साउन साइरन बजाइएको छ ।  

“ग्राउन्डमा पनि अटो साइरण राखिएको छ । जुन ठाउँमा चरा हुन्छ, त्यहाँ त्यो रिमोट पट्काइन्छ । विमानस्थलमा चरा धपाउनका लागि सिकारीहरू पनि छन्,” प्रमुख रेग्मीले भनिन्,  “अहिले कम भइरहेको र चराको गतिविधि बन्द भएपछि उडान नियमित हुन्छ । ”  

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro