site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

काठमाडौं । सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए ।    

उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई ६ विकेटले पराजित गरेको इन्डियन प्रिमियर लिगको वेवसाइटमा उल्लेख छ ।

१७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । 

चेन्नईको जितमा ओपनरद्वय रितुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यसपछि आएका अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । त्यसैगरी शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए । 

बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले एक एक विकेट लिए । 

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनायो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा  दिनेश कार्तिक २८ रनमा अविजित रहे । 

चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले चार विकेट लिँदा दीपक चहरले एक विकेट लिए ।    

जारी प्रतियोगिता अन्तर्गत शनिबार दुईवटा खेल हुँदै छन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro