site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०२४ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य, प्रचारमा जुटे व्यवसायी
SkywellSkywell

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएसँगै कास्कीको पोखराका पर्यटन व्यवसायीहरू हर्षित छन् । लामो समयदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने पोखराका पर्यटन व्यवसायीको माग थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक कार्यक्रमबीच आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका थिए ।

पोखरा नेपाल घुम्ने विदेशी पर्यटकको पहिलो सूचीमा पर्छ । नेपाल घुम्ने पर्यटकमध्ये कति पर्यटक पोखरा जान्छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । तर नेपाल पर्यटन बोर्ड करिब ६० प्रतिशत पर्यटक पोखरा पुग्ने गरेको अनुमान रहेको बताउँछ ।  

pokhara-1711112284.jpg
 

KFC Island Ad
NIC Asia

पोखरामा १२ सय होटेल र ८०० रेष्टुरेन्ट छन् । यी होटेल तथा रेष्टुरेन्टमा दैनिक ४० हजार पर्यटकलाई सेवा दिनसक्ने क्षमता छ । 

सरकारले २०२३ मा नेपालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा पनि भयो । तर, नेपालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य १० वर्ष पुरानो भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । 

Royal Enfield Island Ad

“हामीले २०२४ मा पोखरामै २० लाख पर्यटक भित्र्याउने योजनाका साथ काम गरिरहेका छौँ । त्यसका लागि नयाँ गन्तव्य खोजी गर्न लागिरहेका छौँ,” उनले भने । 

पर्यटकीय राजधानी घोषणा भएपछि पोखरा घुम्न आउने पर्यटकको औसत बसाई तीनबाट पाँच दिन पुर्याउने गरी योजना बनाएर काम गरिरहेको परिषद्का अध्यक्ष श्रेष्ठ बताउँछन् । यसका लागि प्रचार–प्रसारदेखि विभिन्न प्याकेज नै घोषणा गर्ने श्रेष्ठको भनाइ छ ।

२०२४ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने गरी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र पर्यटन व्यवसायीहरू सहकार्य गरी भारत, चीन, युरोप, अमेरिकालगायत मुलुकका विभिन्न सहरहरूमा पर्यटन प्रवर्द्धन र प्रचार–प्रसार गर्ने श्रेष्ठले जानकारी दिए । 

“पोखरा पर्यटकीय राजधानी पनि हो । यहाँ एक पटक घुम्न जानैपर्छ भन्ने सन्देश फैलाउन आवश्यक छ । हामीले पनि त्यहीअनुसार काम गर्ने योजना छ,” श्रष्ठले भने । 

नेपाल–भारतको सीमा क्षेत्रमा मात्रै ३०/४० करोड जनसंख्या बस्ने गरेको भन्दै उनले त्यहाँ प्रचार–प्रसार गर्न सके २० लाख पर्यटक सहजै भित्र्याउन सकिने बताए । 

पोखराबाट सबै प्रदेशमा हवाई कनेक्टिभिटी बढाउने, अन्तर्राष्ट्रिय उडान गर्ने, स्तरोन्नती भइरहेको सडक छिटोभन्दा सक्नुपर्ने उनको भनाइ छ । “यी काममा सरकारले ढिलो गर्न हुँदैन । जति चाँडो गर्न सक्छौँ, त्यति नै हामीले धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सक्छौँ,” श्रेष्ठ भन्छन् 

पर्यटकीय राजधानी घोषणा भएपछि पर्यटक संख्या बढाउनेदेखि विभिन्न सेवा–सुविधा र नयाँ ‘प्रोडक्ट’ दिन पोखरालाई चुनौती थपिएको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।

पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै साँच्चै राजधानी जस्तो देखाउन पर्यटन व्यवसायीदेखि संघ, प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने सुवेदी बताउँछन् ।

pokharaannapurna-1711112284.jpg
 

“राजधानी घोषणा भयो । तर यसअघि जति पनि पर्यटक आएनन् भने यसको औचित्य हुँदैन,” सुवेदीले भने, “यसका लागि महानगरपालिका, पर्यटन व्यवसायी, प्रदेश र संघीय सरकारको सहयोग महत्वपूर्ण हुन्छ ।”

संघ सरकारले पनि पोखराको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको धारणा छ । 

पर्यटन व्यवसायीले भारतीय बजारमा ‘चलिए पोखरा’ र  ‘जाउँ पोखरा’ जस्ता थुप्रै कार्यक्रम गर्दै आएको छ । उनले यसलाई निरन्तरता दिँदै अरु सहरमा पनि पर्यटन प्रवर्द्धनका अन्य योजना ल्याउनुपर्ने बताए । 

पर्यटकीय राजधानी घोषणा भएको अवसरमा पोखरामा होटेलहरूमा २० प्रतिशत छुट दिएका छन् । “राजधानी घोषण भएको अवसरमा संघको मातहतमा भएका होटेलहरूमा २० प्रतिशत छुट दिएका छौँ,” उनले भने ।

पर्यटकीय राजधानी घोषणा भएसँगै चौबीसै घण्टा बजार खुला रहने बताउँदै उनले शान्ती सुरक्षाको उचित प्रबन्ध मिलाइएको जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro