site stats
बाह्रखरी :: Baahrakhari
विचार
वन डढेलो : हिउँद महिनाका समस्या

कुनै पनि पदार्थसँग हावामा भएको अक्सिजनको द्रूत गतिमा हुने संयोगबाट निस्किने ताप, प्रकाश र ज्वालालाई आगो भनिन्छ । वन, जंगल, भिरपाखा तथा खरबारीमा हुने अनियन्त्रित आगलागीलाई वन डढेलो भनिन्छ । नेपालको समथल क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा धेरै वन रहेकाले डढेलोको उच्च जोखिम पहाडी क्षेत्रमा बढी हुन्छ । 

वन डढेलो प्रायः चैत महिनादेखि जेठसम्म कहिलेकाहीँ असारसम्म पनि लाग्ने गर्छ । यो समय अवधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको पाइएको छ । वन डढेलो प्राकृतिक र मानवजन्य क्रियाकलापबाट हुने गरेको देखिन्छ । तर नेपालको सन्दर्भमा ५० प्रतिशत भन्दा बढी आगो मानिसहरुको क्रियाकलापबाट लाग्छ । 

धेरै मनिसहरुमा अझै पनि परम्परागत मान्यता छ कि आगो लगाएपछि नयाँ घाँस पलाउँछ भन्ने सोच छ । अनि वन्यजन्तु नियन्त्रण गर्ने, रुखबाट कोइला ल्याउन पाउने लोभ पनि आगो लाग्छ । 

अर्काे त, चुरोटका ठुटा वनजङ्गलमा फाल्ने जस्ता लापरबाहीले वनमा आगो लाग्ने गरेको छ । डढेलोको प्राकृतिक कारणहरु जस्तै हिउँदे समयमा पर्ने चट्याङ खसेर वा प्राकृतिक रुपले वनजङ्गलमा उत्पन्न घषर्णका कारणले लाग्ने गर्छ ।

वन डढेलाले वातावरणमा ठूलो क्षति पुर्याउँछ नै । जीवजन्तु, पशु–पन्छीहरुका आहार र वासस्थान नस्ट हुन्छन् । अझ कति त जलेर विस्थापित हुन्छन् । पानीको मुहान सुक्छन् । वायुप्रदुषण बढाउँछ नै । यसले विभिन्न किसिमका रोग निम्त्याउँछ र वातावरणलाई असन्तुलित पार्छ । नेपालको सन्दर्भमा वनमा लागेको डढेलोले पहाडी भेगको विभिन्न जिल्लाहरुको मानव बस्तीहरुमा पसेर धेरै घर र गोठ जलेका हुन्छन् ।

Global Ime bank

तत्कालीन समयमा विश्वभरि नै वन डढेलो प्रकोप बढिरहेको सन्दर्भमा नेपाल जस्तो देशले यसको प्रकोपबाट बच्न अझ विशेष ध्यान दिनुपर्छ । वन डढेलोलाई रोकथाम गर्ने हरेक मानिसहरुले आफ्नो घर वा बारीमा आगो बाली सकेपछि माटोले वा पानीले राम्रोसँग निभाउनु पर्छ । वन डढेलो रोकथामसम्बन्धी तालिम दिने या लिने वा सबैमा यसलाई रोक्न चेतना फैलाउनु आवश्यक हुन्छ ।

यसमा एउटा मानिसले के गर्न सक्छ भने सरकारले पनि स्थानीयस्तरमा अग्नि नियन्त्रण सन्जाल गठन गरेर सामुदायिक वन उपभोक्ताहरुलाई आगलागी नियन्त्रण गर्ने भूमिका खेल्न सक्छ । डढेलाका निम्ति अपनाउनुपर्ने सावधानी अभिमुखीकरण गर्ने त्यसबाहेक टेलिभिजन, रेडियो र पत्रपत्रिकाबाट सूचना तथा जनचेतनामूलक सन्देश प्रवाह गर्ने मैलिक हकमा व्यवस्था भएको स्वच्छ वातावरणको हकलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नु हुन्छ ।

यसरी वातावरण स्वच्छ रहेमात्रै सम्पूर्ण मानव जाति लगायत सजिवप्राणीको अस्तित्व सम्भव छ । वन डढेलोबाट आफू पनि बचौँ र वातावरणलाई पनि बचाऊँ ।

(लेखक वातावरण विज्ञान विषयमा पाटन बहुमुखी क्याम्पसमा अध्ययतरत)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu