site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
यस्तो थियो सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति पुत्र दिपेशको भूमिका 
SkywellSkywell

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दिपेश पुन एक सातादेखि प्रहरी हिरासतमा छन् । माओवादी निकट अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका पुन बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा पक्राउ परेका हुन् ।

काठमाडौंबाट २ चैतमा पक्राउ परेका पुनलाई इलाका प्रहरी कार्यालय बुटबलमा राखिएको छ ।  सुप्रिम सहकारीका सचिव रहेका पुनसहित सञ्चालक समितिले बचतकर्ताको रकम हिनामिना गरेको खुलेपछि उनी पक्राउ परेका हुन् ।

२०७२ देखि सञ्चालनमा आएको सुप्रिम सहकारीको सञ्चालक समितिको अध्यक्षमा त्यतिबेला ग्यालेक्सी टेलिभिजनका सञ्चालकसमेत रहेका ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) थिए । त्यतिबेला दिपेश सहकारीको कोषाध्यक्ष थिए ।

KFC Island Ad
NIC Asia

सहकारी दर्ता गर्दा उपाध्यक्ष ओमप्रकाश गुरुङ, सचिव राजु बराल थिए ।  जीबी राईबाहेक सहकारी ठगी प्रकरणमा जोडिएका दुर्गा चापागाईं पाण्डेय, ओमप्रकाश गुरुङ पक्राउ परिसकेका छन् । प्रहरीको अनुसन्धानअनुसार सहकारीको ११ हजार बचतकर्ताको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको देखाएको छ ।

उक्त रकममध्ये एक अर्ब २ करोड रुपैयाँ लगानी भएको खुलेको छ । त्यसमध्ये ७८ करोड रुपैयाँ जिबी राईमार्फत पाँच वटा कम्पनीमा पुगेको खुलेको प्रहरीको अनुसन्धानले देखाएको छ । जीबी राईले गोर्खा मिडिया ग्रुपअन्र्तगतको ग्यालेक्सी टेलिभिजनमा सहकारीको रकम लगानी गरेको खुलेको हो ।

एक वर्षअघि राजीनामा दिएका थिए पुनले

प्रहरीको अनुसन्धानबाट दिपेश पुनले एक वर्षअघिमात्रै सहकारीको कोषाध्यक्षबाट राजीनामा दिएको खुलेको छ ।

सहकारीको सुरुवाती चरणमा कोषाध्यक्ष रहेका पुन पछि सचिव समेत भएको कागजातबाट खुलेको छ ।  जीबी राईले भने २०७६ मा सुप्रिमको अध्यक्षमा ओमप्रकाश गुरुङलाई बनाएका थिए । ओमप्रकाश अध्यक्ष हुँदा भैरहवाको जयअम्बे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समेत सुप्रिमसँग मर्ज गरे ।

छोटो समयमै सहकारीले रुपन्देही जिल्लाभरि विस्तार गरेर उनीहरुले सवाअर्ब रुपैयाँ संकलन गरेका थिए । तर, पछि उनीहरुले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सुप्रिम सहकारीविरुद्ध पीडितले उजुरी दिन थालेका थिए ।

दिपेश पुन र सहकारीका अर्का कोषाध्यक्ष सुरज श्रेष्ठले २०७९ मंसिर २४ मा राजीनामा दिएको खुलेको छ ।  तर रकम अपचलनपछि मात्रै उनीहरुले राजीनामा दिएको खुलेपछि प्रहरीले दिपेश पुनलाई पक्राउ गरेको हो ।

पुन ऋण प्रवाह गर्दा सञ्चालक समितिमा रहेको खुलेपछि उनी पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख डीएसपी विजय पण्डितले अनुसन्धान अझै जारी भएकाले रकम हिनामिना प्रकरण खुल्न सक्ने बताए ।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ । उनीविरुद्ध प्रहरीले सहकारी ठगी मुद्दामा अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीका डीएसपी मनोहर भट्टले जानकारी दिए ।

फागुन ३ बाट पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ले कानुनी प्रावधान छ ।  सुप्रिम सहकारी प्रकरणमा संलग्न राजु बराल, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राई फरार अझै छन् ।

उनीहरुमाथ थप अनुसन्धान जारी छ । सहकारीका व्यवस्थापक राजु केसीसमेत फरार छन् । हालसम्म विजयकुमार नेपालसहित एक हजार ७३० जनाले ठगीको जाहेरी प्रहरीमा दिएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका भविश्वर अर्याल र कुमार रम्तेललाई समेत बुटबल प्रहरीले कास्कीबाट बुटबल ल्याएर अनुसन्धान जारी राखेको छ ।  सहकारी स्थापना गरी ठगी धन्दा चलाएका मुख्य योजनाकार जीबी राई भने अझै पक्राउ परेका छैनन् ।

उनी मलेसिया भागेको खुलेको छ । उनीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठनले रेड नोटिस जारी गरिसकेको छ । तर, अझै नेपाल झिकाउन भने प्रहरीले सकेको छैन । राजनीतिमा प्रवेश गर्नुअघि गृहमन्त्री रवि लामिछाने जीबी राईकै मिडिया ग्यालेक्सी टीभीका प्रबन्ध निर्देशक थिए । 

जीबीले सञ्चालन गरेको ग्यालेक्सी टीभीमा रवि लामिछानेले समेत सेयर लिएर काम गरेका थिए । टीभीकै निम्ति सुप्रिम सहकारीबाट लामिछानेले समेत ‘पुलेसो ऋण’ लिएका थिए । लामिछाने गृहमन्त्री भएपछि पनि राई किन पक्राउ नपरेको भन्दै बचतकर्ताले प्रश्न गरेका छन् ।

पोखराका सूर्यदर्र्शन सहकारीका पीडितले गृहमन्त्री लामिछानेमाथिसमेत अनुसन्धान हुनुपर्ने माग राख्दै आएका छन् ।  संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत गृहमन्त्रीको राजीनामालाई एजेन्डा बनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro