site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारत–चीनबीचको सीमा विवादमा अमेरिकाको प्रवेश, भन्यो– अरुणाचल भारतको हो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारत र चीनबीच अरुणाचल प्रदेशका विषयमा जारी सीमा विवादमा अमेरिका प्रवेश गरेको छ । अमेरिकाले अरुणाचल प्रदेशमाथिको चीनको दाबीलाई अस्वीकार गरेको छ । अरुणाचल भारतको अभिन्न हिस्सा भएको अमेरिकाले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनका क्रममा गरिएको एक प्रश्नको जवाफमा यस्तो बताएका हुन् । “अमेरिका अरुणाचल प्रदेशलाई भारतको हिस्साको रूपमा मान्यता दिन्छ र हामी वास्तविक नियन्त्रण रेखा (एलओएसी)मा आक्रमण वा घुसपैठ, सैनिक वा नागरिकमार्फत दाबी बढाउने कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्दछौँ,” पटेलले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको यो जवाफ हालै मात्र चीनको रक्षा मन्त्रालयका प्रवक्ता चाङ शियायोगैङले अरुणाचल प्रदेश चीनको हिस्सा भएको दाबी गरेपछि आएको हो । केही दिनअघि चाङले भारतले अवैध तरिकाले अरुणाचल क्षेत्र कब्जा गरेको आरोप लगाएका थिए ।

चीनले अरुणाचल प्रदेशलाई ‘दक्षिण तिब्बत’ भन्दै आएको छ । भारतीय नेताले उक्त प्रदेशको भ्रमण गरे आपत्ति जनाउँदै आएको छ ।

Global Ime bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरेका थिए । त्यसपछि चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले अरुणाचल चीनको हिस्सा भएको दाबी गरेका थिए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC