site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
मस्तिष्कमा चिप राखिएका व्यक्ति सोचेरै कम्प्युटरमा चेस खेल्न सफल

काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कको कम्पनी न्युरालिंकले मानव मस्तिष्कमा राखेको चिपका क्षेत्रमा नयाँ सफलता पाएको छ । चिप प्रत्यारोपण गरिएका व्यक्ति दिमागी बलकै भरमा कम्प्युटरको कर्सर नियन्त्रण गर्न सफल भएका हुन् ।

मस्कले उनकै सामाजिक सञ्जाल एक्समा न्युरालिंकले हालेको एक भिडियो रिपोस्ट गरेका छन् । भिडियोमा दिमागमा चिप राखिएका व्यक्तिले सोचेकै भरमा चेस खेल खेलिरहेको देख्न सकिन्छ । 

Dabur Nepal
NIC Asia

पक्षाघात भएका ती व्यक्ति २९ वर्षीय नोल्यान्ड अर्बाग हुन् । उनले मस्तिष्कमा राखिएको चिपको मद्दतले सोचेअनुसार चेस खेलिरहेको भिडियोमा देखिन्छ ।

ह्विलचेयरमा बसेर खेलिरहेकै क्रममा ती व्यक्तिले भनेका छन्, “स्क्रिनमा त्यो कर्सर देख्नुभयो ? त्यो म हुँ... यो सबै दिमागको शक्ति हो ।”

ती व्यक्तिले आठ वर्षअघि एक दुर्घटनामा परी काँधबाट पक्षघात भएको बताएका छन् । न्युरालिंकले गर्न खोजेको मानव मस्तिष्क र कम्प्युटरबीचको अन्तर्क्रियाका क्षेत्रमा यसलाई महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro