site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्रता जोगाउन नसक्दा सान मारिनोले गुमायो २० वर्षपछि जित निकाल्ने अवसर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो २० वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा जितविहीन रहेको सान मारिनोले बुधबार जितको सुनौलो अवसर गुमाएको छ । पछिल्लो दुई दशकयता जितविमुख रहेको सान मारिनोले बुधबार घरेलु मैदानमा क्यारेबियन राष्ट्र सेन्ट किट्स एन्ड नेभिसलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आतिथ्यता प्रदान गरेको थियो । 

पाहुना टिमविरुद्ध १–० को अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा सान मारिनो राष्ट्रको इतिहासमा दोस्रो जित निकाल्नबाट चुकेको हो । खेल सेन्ट किट्स एन्ड नेभिसले ३–१ ले आफ्नो पक्षमा पार्‍यो ।

खेलको २१औँ मिनेटमा फिलिप्पो बेरार्डीले पेनाल्टीमा गोल गर्दै सान मारिनोलाई अग्रतामा राखेका थिए । तर, घरेलु टिमको यो अग्रता लामो समय टिक्न भने सकेन । सेन्ट किट्सका टाइक्विन टेलेलले ३१औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । 

यस्तै, ४५औँ मिनेटमा एन्ड्रे बर्लीले गोल गरेपछि पाहुना टिमले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । ४९औँ मिनेटमा पाहुना टिमका ह्यारी पानायीटोउले गोल गरेपछि सान मारिनो ३–१ ले निराश बन्यो । सेन्ट किट्स एन्ड नेभिस दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सान मारिनोमा छ । यी दुईबीचको दोस्रो खेल आउँदो सोमबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro