site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भन्सार हुकुमी शैलीमा चलिरहेको छ : सांसद यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले भन्सार हुकुमी शैलीमा चलिरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा भन्सार विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले अन्तःशुल्कमा लगाइएको ‘पेनाल्टी’ हटाउन समेत माग गरे । उनले पेनाल्टी लगाउने सरकारको नीतिले अवैध कारोबार हुन्डीलाई प्रोत्साहन गरेको जिकिर गरे ।

“किनभने, आयातकर्ताले भन्सारको मूल्यपुस्तिका कम मूल्यको बिलबीजक पेस गरेमा ५० प्रतिशत पेनाल्टी तोक्छ । आव २०८०/०८१ को बजेटमा अन्तःशुल्कमा समेत पेनाल्टी लिने प्रावधान राखिएको छ । पेनाल्टी तोकाउनको लागि आयातकर्ताहरूले भन्सार किताबभन्दा बढीको बिल पेस गर्छन् र सोहीअनुसार एलसी पनि खोल्छन्,” उनले भने, “जसले गर्दा नेपाली भन्सारमा पेनाल्टी लाग्दैन । अर्काेतर्फ, बिलबीजकको वास्तविक मूल्यभन्दा बढी पठाएको रकम हुन्डीको माध्यमबाट नेपाल फर्किन्छ । तसर्थ, भन्सार मूल्यांकन किताबमा लगाएको अन्तःशुल्कमा पेनाल्टीले गर्दा अवैध कारोबारलाई प्रोत्साहन गरेको देखिन्छ । यसकारण पेनाल्टी लिने प्रावधान हटाउन जरुरत छ ।”

कच्चापदार्थमा भन्दा तयारी वस्तुको भन्सार शुल्क सस्तो हुँदा स्वदेशी उद्योग मारमा परेको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro