site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा हुँदा त्यहाँका पर्यटन व्यवसायीमात्र होइन सबै व्यावसायिक समुदाय उत्साहित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामै आयोजित एक कार्यक्रममा आइतवार पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका थिए । सँगै पोखरामा केही व्यवसाय अहोरात्र सञ्चालन गर्न सकिने पनि घोषणा गरिएको छ । 

त्यसो त, घोषणा नगरिएकै पनि भौतिक सुविधा, अवस्थिति र प्राकृतिक सौन्दर्यजस्ता पर्यटन पूर्वाधारका दृष्टिबाट पोखरा नेपालको पर्यटन राजधानी नै हो । यस्तै घोषणा गरिनेबित्तिकै पोखरामा पर्यटक ओइरिने पनि होइन । यसैले पर्यटन राजधानी घोषणालाई अवसर र चुनौतीका रूपमा लिएर दीर्घकालीन योजना बनाउनुपर्छ । 

पर्यटनको केन्द्र बन्नका लागि ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक सम्पदाका साथै मनोरञ्जनका स्थान हुनुपर्छ । यी सबै पूर्वाधार पक्ष एकत्रित भएमात्र वास्तवमै कुनै ठाउँ वास्तवमै पर्यटन केन्द्र बन्नसक्छ । पोखरामा प्राकृतिक सम्पदा विशेषगरी तालहरू त छन् तर ऐतिहासिक, सांस्कृतिक वा धार्मिक आकर्षण छैन । यस्तो कमी पूरा गर्न वरपरका महत्त्वपूर्ण स्थानहरूसमेत समेट्ने सुझबुझ देखाउनुपर्छ । 

मुक्तिनाथ, गोरखा, पाल्पा, रिडी, देवघाट, मनकामना, छिम्केश्वरी, मनाङ, उपल्लो मुस्ताङ, काली गण्डकीलगायतका ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक महत्त्वका स्थानहरू पोखराबाट नजिकै छन् । यिनको आआफ्नै महत्त्व छ । यिनले आकर्षित गर्ने पर्यटक बेग्लाबेग्लै समूहका हुनसक्छन् । तर, यी कुनै पनि स्थानमा आउने अधिकांश पर्यटक पोखरा पनि आउनसक्छन् । यसैले पोखराको पर्यटन प्रबर्धनका लागि बनाइने योजनामा यी सबैलाई समेट्न सकेमात्र राजधानी घोषणा सार्थक हुनेछ ।

Global Ime bank

काठमाडौंमा जस्तै पोखरामा पनि 'सुनको फुल पार्ने कुखुरी' काटेर एकैपटक धनी हुने लोभ र मूर्खता जताततै देखिएको छ । विशेषगरी तालहरू मासिँदै गएकाछन् । तालै रहेनन् वा कुरूप भए भने जति राम्रा होटल बनाए पनि र अरू सुविधा जति बढाए पनि पोखरामा पर्यटक आउनेछैनन् । यसैले पोखरालाई बचाउने हो भने सबैभन्दा पहिले तालहरूको संरक्षण गरिहाल्नुपर्छ । यस्तै पोखराको भारवहन क्षमताको विश्लेषण नगरी जथाभावी भौतिक संरचना निर्माण गरिनु हुँदैन । 

यसका लागि संघीय सरकारको भर पर्न थालियो भने यो पनि अर्को विफल घोषणाको सूचीमा थपिनेछ । पोखरेलीहरूले गरेको पर्यटन बोर्डमा प्रतिनिधित्वको मागसम्म पनि पूरा नगर्ने सरकारबाट धेरै अपेक्षा नगरेकै बेस ।गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा पोखरेलीहरू नै घोषणालाई वास्तविकतामा चरितार्थ बनाउन अग्रसर भएमात्र पोखरा साँच्चैको पर्यटन राजधानी हुनेछ । अहिलेसम्मको उदाहरणमा त संघीय सरकारले त यस्ता काममा भाँजोमात्रै हाल्ने गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu