site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी बन्दीगृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन श्रममन्त्रीको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाका बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् । गन्तव्य मुलुकमा रहेका श्रमिकका शवको पनि तथ्यांक उपलब्ध गराउन उनले वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिए ।

सोमबार वैदेशिक रोजगार बोर्डका पदाधिकारीसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्थाबारे सरकार जानकार हुनुपर्ने उल्लेख गरे । श्रमिक बन्दीगृहमा पर्नुका कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन उनले निर्देशन दिए ।

सबै गन्तव्य मुलुकबाट तथ्यांक संकलन, उद्धार र समस्या समाधानका योजना बनाइने उनले बताए । “विदेशी हस्पिटलमा रहेका श्रमिकका स्थानीय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाइनेछ । बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौँ,” उनले भने, “विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिन्छ ।”

विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाका विषयमा पनि पहल गर्न उनले बोर्डलाई निर्देशन दिए ।

त्यसक्रममा श्रमसचिव केवलप्रसाद भण्डारीले बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशील हुन आग्रह गरे । “बोर्डले श्रमिकको मुद्दामा संवेदनशील नभएको गुनासो छ । त्यसैले आफ्नो जिम्मेवारीप्रति सचेत हुनुहोस्,” उनले भने ।

सोमबार मन्त्री अर्यालले मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सिलरसँग श्रमिकका समस्याबारे भर्चुअल छलफल गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro