site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली युवा महिला टिमको लज्जास्पद प्रदर्शनले सम्झाएको ‘रौतहट एकेडेमी’
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत महिना साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा नेपालको प्रदर्शनबाट पश्चिम एसियाली क्षेत्र दंग बन्यो । उपाधि भिडन्तमा जोर्डनसँग निराश बने पनि आफूभन्दा धेरै माथि रहेको टिमसँग नेपाली टिमले देखाएको प्रदर्शनले उनीहरू चर्चाको शिखरमा रहे । 

उक्त प्रतियोगितापछि नेपालमै पनि उचित ध्यान नपाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को चर्को आलोचना भयो । एन्फाले पनि महिला टिम चासोमा रहेको देखाउन दुई वर्षदेखि रोकिएको राष्ट्रिय लिग आयोजनाका निम्ति तारतम्य मिलाइरहेको देखायो । एन्फाले राष्ट्रिय लिगको पहिलो चरण वैशाख ७ गतेदेखि गर्ने मिति पनि सार्वजनिक गरेको छ । दुई वर्षदेखि घरेलु फुटबल नखेल्दा पनि नेपाली महिला सिनियर टिमको प्रदर्शन अब्बल दर्जाको छ । भनौँ, प्रदर्शनमा प्रश्न उठाउने ठाउँ नै छैन ।

तर, घरेलु फुटबल संरचनाविहीन हुनु कत्तिको खतरनाक हुन्छ भन्ने कुरा फागुन २४ गते साफ यू–१६ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको प्रदर्शनले देखाएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा चिरप्रतिद्वन्दी भारतसँग १०–० को हार बेहोर्नुले राष्ट्रिय टिमको जग मानिने युवा टोली कहाँ जाँदैछ भन्ने प्रश्न उठेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

Woman-Foodball-(4)-1710768543.jpg
 

यो हारपछि प्रतियोगितामा साफको प्रतिनिधित्व गरिरहेका एक नेपाली प्रतिनिधिले भने “मैले आजसम्म नेपालको कुनै पनि टिमले साफ क्षेत्रमा यति धेरै गोल बेहोरेको देखेको थिइन् । यस्तो कमजोर प्रदर्शन ।”

Global Ime bank

प्रतियोगिताका लागि खेलाडी बटुलेर टिम बनाएको एन्फाले मुख्य प्रशिक्षणको जिम्मेवारी चक्र तामाङलाई सुम्पिएको थियो । प्रतियोगिताको तयारीमा तामाङले नेपाली टिमसँग एक महिना बिताउन पाए । तर, यसअघि कहिल्यै अन्तर्राष्ट्रिय खेलको अनुभव बटुल्न नपाएका खेलाडी बलियो भारतसामु प्रतिस्पर्धी बन्न समेत सकेनन् । भारतले नेपाली पोस्टमा जति गोल गर्‍यो, त्यति पटक नेपालले भारतको पोस्टमा बल समेत पुर्‍याउन सकेन ।

हारपछि टिमका प्रशिक्षक तामाङले नेपाली टिम भारतको प्रदर्शनले आत्तिएको बताउन संकोच मानेनन् ।

“नसोचेको प्रदर्शन भयो । भारतको यसअघिको खेल देखेर पनि होला, उनीहरूमा नर्भसनेस देखियो । बल हान्न पनि बिर्सिएजस्तो देखिन्थ्यो,” प्रशिक्षक तामाङले भने, “पहिलो र दोस्रो खेल ठिक थियो । तर, तेस्रो खेलको नतिजा हेर्ने हो भने प्रतियोगिता हाम्रो लागि खराब रह्यो ।”

युवा टिमको प्रदर्शनले सम्झाएको रौतहट एकेडेमी 
वाफ च्याम्पियनसिपमा उपविजेता बन्दै नेपाली टिम फर्किएपछि महिला फुटबलमा आवश्यक ध्यान नदिएको भन्दै एन्फाले चर्को आलोचन भोग्न पर्‍यो । एन्फाले त्यसपछि देशभर महिला फुटबल एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएपछि राहत पायो ।

एन्फा अहिले दुई स्थान रौतहट र च्यासलमा रहेका एकेडेमी सञ्चालन गर्ने तयारीमा छ । त्यसमध्येको एक रौतहटमा निर्माण पूरा भएर पनि सञ्चालनमा आउन नसकेको एकेडेमी हो ‘रौतहट महिला फुटबल एकेडेमी’ । जहाँ महिला यू–१४ टिम राख्ने चर्चा छ । तर, पछिल्लो चार वर्षदेखि सञ्चालनमा आउन नसकेको रौतहट एकेडेमी एन्फा नेतृत्वले दाबी गरेजस्तै चाँडै नै सञ्चालनमा आउने स्थितिमा भने देखिदैन ।

Woman-Foodball-(1)-1710768543.jpg
 

नेपाली महिला फुटबलको सबैभन्दा उर्वर भूमि रौतहटको चन्द्रपुरमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा फरवार्ड प्रोजेक्ट’अन्तर्गत पाँच वर्षअघि एकेडेमीको निर्माण सुरु भएको थियो । एकेडेमी निर्माण सुरु भएको एक वर्षभित्रै सम्पन्न भयो पनि । तर, २०७६ माघमा अखिल नेपाल फुटबल संघ (एन्फा)कै पूर्वकानुनी सल्लाहकार सुजित केसीले सर्वोच्च अदालतमा हालेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेपछि एकेडेमी सञ्चालनमा आउन सकेको छैन ।

केसीले वन क्षेत्रमा एकेडेमी बनाएको भन्दै सार्वजनिक सरोकारको विषयमा सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले एकेडेमीको काम यथाअवस्थामा राख्न आदेश दिएको छ । उनै केसी पनि एन्फा कानुनअनुसार गए एकेडेमी चाँडै नै सञ्चालनमा आउने मत राख्छन् । तर, समस्या समाधानका लागि एन्फाले अझै चासो नदेखाएको उनकै दाबी छ ।

“केही दिनअघि एन्फाका प्रवक्ताजी (सुरेश शाह)ले यसबारे छलफल गर्नुपर्छ भन्नु भएको थियो । त्यसपछि एन्फाबाट मसँग कुनै पनि कुराकानी भएको छैन । कसैले सम्पर्क गर्नु भएको पनि छैन, एन्फाकै पूर्वकानुनी सल्लाहकार केसीले बाह्रखरीसँग भने, “एन्फा कानुनअनुसार गए समाधान नहुने कुरा पनि होइन । तर, एन्फाले अहिलेसम्म चासो देखाएको छैन । एकेडेमी अड्काएर राख्ने कुरा पनि भएन । समाधान गर्न खोजे भइहाल्छ नि ।”

यता, एन्फा र रौतहट जिल्ला फुटबल संघ (एफए) भने मुद्दाका विषयमा सबै कुरा मिलिसकेको दाबी गर्छन् । “दुई स्थानमा महिला फुटबल एकेडेमी सञ्चालनमा ल्याउने एन्फाको तयारी छ । जसमा यू–१४ र यू–१६ राख्ने कुरा छ,” एन्फाका प्रवक्ता सुरेश शाह बाह्रखरीसँग भन्छन्, “रौतहटको एकेडेमी सञ्चालनमा रोकिए पनि मुद्दा हाल्ने पक्षसँग सहमतिनजिक पुगेका छौँ । एकेडेमीको अध्ययनका लागि एन्फाबाट टोली समेत गइसकेको छ । हामी जतिसक्दो चाँडो एकेडेमी सञ्चालनमा ल्याउन गृहकार्य गरिरहेका छौँ ।”

एकेडेमी सञ्चालनमा नआए पनि रौतहट एफएबाट हरेक दिन शेरबहादुर दर्लामी स्मृति रंगशालामा महिला फुटबलको नियमित प्रशिक्षण हुन्छ । नेपाली महिला फुटबलमा सबैभन्दा गौरवशाली इतिहास बोकेको यो मैदानबाट हालसम्म दुई दर्जनभन्दा धेरै राष्ट्रिय खेलाडी जन्मिसकेका छन् ।

Woman-Foodball-(2)-1710768543.jpg
 

साउदीमा भएको वाफ च्याम्पियनसिप खेलेको नेपाली टिममा सातजना यही मैदानका उत्पादन थिए । तर, पछिल्लो समय भने यो मैदानले यही साखलाई कायम राख्न सकेको छैन । नेपालमै साफ यू–१६ महिला च्याम्पियनसिप हुँदा यहाँबाट एक खेलाडीले मात्र टिममा स्थान पाइन् । मैदानले पछिल्लो समय पुरानो साख गुमाउँदै गएको सत्य रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी स्वीकार्छन् ।  उनी पनि चाँडै एकेडेमी सञ्चालनमा आउने दाबी गर्न छोड्दैनन् ।

“पछिल्लोसमय मैदानबाट युवा खेलाडी उत्पादन केही कम भएको जस्तो महसुस हामीले पनि गरेका छौँ । यसैकारण हामीले जिल्लाको अर्को स्थानमा पनि महिला ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरेका छौँ,” अध्यक्ष दर्लामीले भने, “यहाँको एकेडेमीमा केन्द्रको राजनीति प्रवेश गर्दा खेलाडी उत्पादनमा प्रभाव पारेको छ । एकेडेमी भएको भए अझ धेरै खेलाडीले नियमित र खेल्नका लागि उचित वातावरण पाउँथे । एकेडेमी चाँडो सञ्चालनमा ल्याउन सम्बन्धित पक्षसँग छलफल भइरहेको छ । आगामी वर्षको कात्तिकभित्र सञ्चालनमा ल्याउने तयारी छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC