site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङको ग्यालेक्सी ए५५ र ए३५ फाइभजी नेपालमा, यस्तो छ मूल्य र फिचर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी ‘ए’ सिरिजका दुई नयाँ फोन सार्वजनिक गरेको छ । सामसङ नेपालले ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजी नेपालमा सार्वजनिक गरेको हो ।

यी दुवै फोनमा सामसङ नक्स भल्ट सुरक्षा सुविधा रहेको छ । फोनमा बलियो फोटोग्राफी क्षमता र भिजन बुस्टर समेत समावेश रहेको कम्पनीले जनाएको छ । “हामीले ग्यालेक्सी ए सिरिजमार्फत हाम्रा नवीनतम् प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौँ, ताकी धेरैले यसको सुविधाहरूको आनन्द लिन सकुन्,” सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।

के छन् फिचर ?
ग्यालेक्सी ए५५ फाइभजीमा रहेको एआई इमेज सिग्नल प्रोसेसिङ (आईएसपी) सुविधाले कम उज्यालोमा पनि उत्कृष्ठ फोटो खिच्ने कम्पनीको भनाइ छ । फोनमा नाइट पोट्रेट मोड र १२ बिटको एचडीआर भिडियो सुविधा छ । दुवै फोनमा अप्टिकल इमेज स्टेब्लिजेसन (ओआईएस) र भिडियो डिजिटल इमेल स्टब्लिजेसन (भीडीआईएस) सुविधा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

६.५ इन्चको स्क्रिन रहेका दुवै फोनमा सुपर अमोलेड डिस्प्ले छ । सामसङ नक्स भल्ट सुरक्षा सुविधाले सिस्टमको मुख्य प्रोसेसर र मेमोरीबाट अलग गरिएको सुरक्षित कार्यान्वयन वातावरण निर्माण गरेर हाडवेयर र सफ्टवेयर आक्रमणहरूविरुद्ध व्यापक सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसले पिन कोडहरू, पासवर्डहरू र प्याटर्नहरू जस्ता लक स्क्रिन प्रमाणहरूसहित उपकरणमा सबैभन्दा महत्त्वपूर्ण डेटा सुरक्षित गर्न मद्धत गर्ने सामसङले जनाएको छ । यसले फोनमा रहने प्रयोगकर्ताको निजी डाटा इन्क्रिप्ट गर्छ । फोन स्विच अन गर्दा अटो ब्लकरले सम्भावित मालवेयरका लागि स्क्यान गर्ने कम्पनीको भनाइ छ ।

Global Ime bank

ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजीमा फोर जेनेरेसनसम्मको एन्ड्रोइड ओएस, एउटा यूआई अपग्रेड र पाँच वर्षको सुरक्षा अपडेट मिल्ने कम्पनीले जनाएको छ ।

मूल्य कति ?
ग्यालेक्सी ए३५ फाइभजीको आठ जीबी र्‍याम र १२८ स्टोरेज क्षमता रहेको फोनको मूल्य ४६ हजार ९९९ रुपैयाँ छ । आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ५१ हजार ९९९ रुपैयाँ छ ।

यस्तै, ग्यालेक्सी ए५५ फाइभजीको आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ छ । फोनको १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको फोनको मूल्य ६७ हजार ९९९ रुपैयाँ छ ।

यी दुवै फोन सामसङको इन्स्टा फाइनान्स सुविधाबाट सरल किस्तामा शून्य प्रतिशत ब्याजदरमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement