site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिपेश पुनलाई हिरासतमा राख्न अदालतले दियो ६ दिनको म्याद 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई हिरासतमा राख्न अदालतले ६ दिनको म्याद दिएको छ । सहकारी ठगीमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतले हिरासतमा राख्ने अनुमति दिएको  अदालतका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए । 

शुक्रबार काठमाडौंमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै प्रहरीले बुटवल पुर्‍याएको थियो ।

सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएको भन्दै पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro