site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोली प्रहार गर्ने तीन भारतीय सार्वजनिक

रौतहट । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।

घटनामा संलग्नमा भारत, बिहारको पूर्वी चम्पारण जिल्लास्थित मोतिहारी थाना, चिरैया दिपही गाउँ–२ का १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ का वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेशमाथि गोली प्रहार गरेका थिए । शिवम् मनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बीआर०६सीएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनीहरूका साथबाट एकथान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली एकथान, ७.६२ एमएमको अर्धस्वचालित पेस्तोल एकथान, त्यसैको म्याग्जिन एकथान र पाँच राउन्ड गोली बरामद भएको छ ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

गोली लागी घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिकपश्चात् थप उपचारका निम्ति वीरगन्ज पठाइएको थियो । उनको आँखामा समस्या देखिएपछि शनिबार तिलगंगा आँखा अस्पताल काठमाडौमा ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro