खेल
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने बताएका छन् । आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटनका क्रममा शनिबार उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले सो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन दुई महिनाअघि प्रस्ताव ल्याएका थिए । मन्त्री श्रेष्ठले उक्त प्रस्ताव अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
‘मानव तस्करी गरिरहेका प्रशिक्षक’लाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए । कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे भने उनले खुलाएनन् । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: शनिबार, चैत ३, २०८० २०:४३
प्रतिक्रिया दिनुहोस्