site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोखाबाट पक्राउ परेका दिपेश पुनलाई किन लगियो भैरहवा ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ । शुक्रबार काठमाडौंस्थित टोखाबाट पक्राउ परेका दिपेशलाई शुक्रबार नै विमानमार्फत भैरहवा लगिएको प्रहरीले जनाएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

तर, उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेका उलनाई भैरहवा पठाइएको हो । उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको थियो ।

जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए । सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो ।

यता, साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको पाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro