site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान सुरु
तस्बिर : सिन्ह्वा ।

काठमाडौं । रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान सुरु भएको छ । रुसी मतदाताले स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजेदेखि कामचटका, चुकोटका र अरू क्षेत्रमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनअन्तर्गत मतदान गर्न सुरु गरेका हुन् ।

शीर्ष पदका लागि चार उमेदवारले प्रतिस्पर्धा गर्दै छन् । लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लुत्स्की, रुसी कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ, न्यु पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र वर्तमान राष्ट्रपति एवं स्वतन्त्र उमेदवार भ्लादिमिर पुटिन प्रतिस्पर्धामा छन् ।

मतदानका निम्ति ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ । सुदूरपूर्व क्षेत्रमा अवस्थित कामचटका र चुकोटका मतदान थालिएको पहिलो क्षेत्र हुन् ।

रुसको पश्चिमी छेउमा अवस्थित कालिनिनग्रादका मतदान केन्द्रहरू मतदान सुरु गर्ने अन्तिम क्षेत्र हुनेछन् । रुसी केन्द्रीय निर्वाचन आयोगले जारी गरेको तथ्यांकानुसार, विदेशमा बस्ने १८ लाखभन्दा बढीसहित करिब ११ करोड रुसी नागरिक मतदान गर्न योग्य छन् ।

रुसको राष्ट्रपति निर्वाचन नियमावलीअनुसार, ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उमेदवार विजयी हुनेछन् । दुईभन्दा बढी र कसैको पनि ५० प्रतिशत मत नपुगेको अवस्थामा केन्द्रीय निर्वाचन आयोगले शीर्ष दुई उमेदवारका निम्ति दोस्रो चरणको मतदान घोषणा गर्नेछ । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने उमेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro