site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभरका सुरक्षा अधिकारीलाई गृहमन्त्रीले भने– अब तस्करी र गुन्डागर्दी रोक्न निर्देशन नकुर्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले देशभरका जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई तीन महिनाभित्र गृहका हरेक सूचक माथि जाने गरी काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार साँझ गृह मन्त्रालबाट ७७ जिल्लाकै जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई भर्चुअलरूपमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानले भोलिदेखि नै नागरिकले गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस गर्ने गरी काम गर्न निर्देशन दिए ।

"अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ," उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन नकुर्न पनि भनेका छन् ।

"चोटाकोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुन्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु । नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन," उनले भने ।

Global Ime bank

उनले समस्या लिएर आउनेहरूको काम तत्काल गरिदिन पनि निर्देशन दिएका छन् । "काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस् । नागरिक समस्या लिएर सिंहदरबार आउनु नपरोस् । समाधान नभएका समस्या चाहिँ तपाईंहरूमार्फत सिंहदरबार आओस्," उनले भने ।

गृहमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि आफूकहाँ नेताहरूलाई नपठाउन पनि भनेका छन् ।

"तपाईंहरूको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस् । तर, तपाईंको स्वार्थमा उनीहरू (राजनीतिक नेतृत्व)बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन । अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहिँ कारबाही गर्छु," उनले भने ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन निर्देशन दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय