देश
काठमाडौं । नेपालमा केही दिनयता तापक्रम बढ्दै गएको छ । हिउँदयाम सकिएर प्रिमनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको हो ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ः४५ मा सार्वजनिक गरेको विवरणअनुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ३४.५ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, जनकपुरको ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
यसदिन विराटनगरको अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन गरिएको छ । र नेपालगञ्जको ३१.५ डिग्री सेल्सियस र धनगढीको ३१.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाडौंको अधिकतम तापक्रम भने २७.२ डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १०:०५
प्रतिक्रिया दिनुहोस्