site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फरक विचारले पार्टी र परिवारलाई असर गर्दैन, रेशमले स्टाटस लेख्दा म सँगै थिएँ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नगर्ने बताएकी छन् ।

बुधबार संसद्‌मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक भएको बताइन् ।

उनका श्रीमान्‌समेत रहेका पार्टीका संस्थापक रेशम चौधरीले फेसबुकमा स्टाटस लेख्दा आफू पनि सँगै रहेको श्रेष्ठको भनाइ छ ।

उनले निर्वाचन आयोगले पार्टी अध्यक्षमा रेशम चौधरीलाई अमान्य भन्दै गरेको निर्णयलाई पनि स्वीकार गरिसकेको जिकिर गरिन् ।

उनले आफूहरूको पार्टी परिवारको नभई जनताको भएको पनि उल्लेख गरिन् ।

सरकारमा सहभागी हुने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा विवाद छ । बुधबार बिहानमात्र रेशमले फेसबुकमार्फत आफूले रञ्जितालाई सम्झाउन नसकेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro