site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता छ : नेता दाहाल

काठमाडौं । राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतिक स्थिरता खोज्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

सधैँ राजनीतिक अस्थिरता हुने गरेको भन्दै उनले स्थिरताका निम्ति के गर्न सक्छौँ भन्ने विषयमा राष्ट्रियसभाबाट काम गर्नुपर्नेमा जोड दिए । “...सधैँभरि राजनीतिक अस्थिरता हुने र राजनीतिक स्थिरताका लागि के गर्न सक्छौँ, कस्ता कामहरू गर्न सक्छौँ भन्ने सन्दर्भमा हामीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

रुसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउने बारेमा पनि सरकारले गम्भीर भएर सोच्न जरुरी रहेको उनले उल्लेख गरे । उनले बेरोजगारीका कारण युवा विदेश पलायन भइरहेको बताए ।

दाहालले संघीयतासम्बन्धी कानुन कार्यान्वयन गर्न प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro