site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानका राष्ट्रपति जर्दारीले बनाए छोरीलाई ‘फर्स्ट लेडी’ 

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसिफा भुट्दो जर्दारीलाई फर्स्ट लेडी (प्रथम महिला) बनाएका छन् ।

सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीपत्नीलाई फर्स्ट लेडी मानिन्छ । तर, पाकिस्तानमा राष्ट्रपति जर्दारीले आफ्नी छोरी असिफालाई देशको फर्स्ट लेडी घोषणा गरेका हुन् ।

आसिफ अली जर्दारीकी पत्नी एवं पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या गरिएको थियो । त्यति बेला आसिफा १४ वर्षकी थिइन् ।

बेनजिर भुट्टो इस्लामिक देश पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री हुन् । बेनजिर १९९८ मा प्रधानमन्त्री भएपछि तीन सन्तानलाई जन्म दिएकी थिइन् ।

बेनजिर हत्याको एक वर्षपछि जर्दारी पहिलोपटक २००८ मा पाकिस्तानको राष्ट्रपति बनेका थिए । त्यति बेला उनले कसैलाई आधिकारिक रूपमा फर्स्ट लेडी नियुक्त गरेका थिएनन् । जर्दारी सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए ।

तर, यसपटक राष्ट्रपतिको शपथ लिएपछि उनले फर्स्ट लेडीमा आफ्नी कान्छी छोरी आसिफाको नाम घोषणा गरे । अहिले आसिफा ३१ वर्षकी छन् ।

जर्दारीले छोरीलाई फर्स्ट लेडी बनाएपछि पाकिस्तानमा यो बहसको विषय बनेको छ । धेरैले प्रश्न गरेका छन्– छोरीलाई कसरी फर्स्ट लेडी बनाउन मिल्छ ?

केही कानुनका जानकारले राष्ट्रपतिलाई आफ्नो परिवारको जुनसुकै सदस्यलाई फर्स्ट लेडीको पद दिन सक्ने अधिकार भएको तर्क गरेका छन् । सन् १९७५ मा राष्ट्रपतिलाई दिइएको अधिकारमा फर्स्ट लेडी कतै उल्लेख गरिएको छैन । त्यहाँको गृह मन्त्रालयले जारी गरेको कागजातमा पनि फर्स्ट लेडी वा ‘फरस्ट हसब्यान्ड’ कतै उल्लेख गरेको भेटिदैन ।

केही मिडियाका अनुसार, सैन्य शासनका बेला राष्ट्रपति बनेका अयुब खानले १९५८ मा आफ्नी छोरी नसीमलाई फर्स्ट लेडी बनाउने घोषणा गरेका थिए । त्यति बेला अयुब खानकी पत्नी जीवित थिइन् ।

अरू देशमा पनि छोरीलाई फर्स्ट लेडी बनाइएका उदाहरण भेटिन्छ । ती देशमा राष्ट्रपतिले पत्नी नहुँदा छोरी तथा बहिनीलाई फर्स्ट लेडी बनाउने घोषणा गरेका थिए । अमेरिकाका पूर्वराष्ट्रपति एन्ड्रू ज्याक्सनकी पत्नी थिइनन् । उनले आफ्नी भान्जी एमिली डोनेल्सनलाई फर्स्ट लेडी बनाउन भनेका थिए । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro