राजनीति

काठमाडौं । आउँदो चैत ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ । बुधबारको संसद् बैठकमा सभामुख देवराज घिमिरले यसबारे जानकारी गराएका हुन् ।
उक्त दिन प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले भाग लिनेछन् ।
सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका निम्ति चैत २ गते दिउँसो ३ बजेभित्र संसद्का महासचिवमार्फत प्रश्न दर्ता गराउनुपर्ने पनि जानकारी गराए । योपटक ‘समूह नम्बर–४’ मा रहेका सांसदले प्रश्न सोध्न पाउने उनले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १५:५८
प्रतिक्रिया दिनुहोस्