site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विश्वप्रकाशको प्रश्न : रोल्पामा धारामा भोट हालेर माओवादीलाई जिताउँदा हाम्रो सभापति हराएको हैन ?

काठमाडौं । नेपाली कांग्रेसले कोसीमा माओवादी उमेदवारले राष्ट्रियसभा निर्वाचन हार्दा कांग्रेसलाई चित्त दुखेर महासमितिको डकुमेन्टमा लेख्ने हिम्मत राखेको बताएको छ । तर, रोल्पामा माओवादीले आफ्नो उमेदवार जिताउन गठबन्धन भए पनि कांग्रेसको प्रदेश सभापतिलाई चुनाव हराएको बिर्सिएको भन्दै प्रश्न उठाएको छ । 

बुधबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सो कुरा बताएका हुन् ।

“कोसीमा चित्त दुखेको कुरा स्वीकार गर्छौँ । कोसीमा जे भयो त्यसलाई ढाकछोप गरेर जाने हैन खुला संवादबाट समाधान गरेर जान चाहन्छौँ, महासमिति डकुमेन्टमा लेख्यौँ । हामीले आफू पराजित भएको अनुभूति गर्यौँ,” उनले भने, “तर, रोल्पामा संघमा माओवादी पार्टीको मित्र यहाँ मन्त्री भएर मुस्कुराएर बस्दै गर्दा नेपाली कांग्रेसका प्रदेश कार्यसमितिको सभापति अमरसिंह पुन पराजित भए । अनि माओवादीका साथीहरू लाइन लागेर धारामा भोट हालेर जितेको कथा तपाईंको डकुमेन्टमा कही उल्लेख छ ?”

उनले कांग्रेसले आफ्नो डकुमेन्ट लेख्न प्रधानमन्त्री र कम्युनिष्ट पार्टीलाई नसोध्ने बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro