site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
निसानको म्याग्नाइट एसयूभीको स्मार्ट इडिसन सार्वजनिक, तीन लाखसम्मको सुविधा पाइने

काठमाडौं । पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण (भेरियन्ट) सार्वजनिक गरेको छ ।

नेपाली बजारमा लोकप्रियता पाएको यो ‘विग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी—निसान म्यागनाइट नयाँ स्मार्ट/नवीनतापूर्ण आरामदायी सुविधासहित उपलब्ध भएको छ । निसान म्याग्नाइट स्मार्ट इडिसन, मार्च महिनाभरी खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिने छ ।

Dabur Nepal
NIC Asia

यस गाडीको खरिदमा ग्राहकहरूले विभिन्न लाभहरू समावेश गरी तीन लाख १६ हजार १९६ रुपैयाँसम्मका फाइदाहरू प्राप्त गर्न सक्नेछन् । यी सुविधाहरूमा केही नियम र सर्तहरू लागु हुनेछन् ।

निसान म्याग्नाइट स्मार्ट इडिसनमा अतुलनीय मनोरञ्जनको लागि नयाँ आठ टच स्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ । ढुक्कले ड्राइभिङ गर्न सक्षम बनाउने फग लाइटहरू समावेश गरिएका छन् । स्मार्ट एलईडी डीआरएलले कारको डिजाइनमा सुन्दरता थपेको छ । एलोय ह्विल, मस्कुलर लाइनहरू र डायनामिक स्टाइल डिजाइनले गर्दा यो गाडी आकर्षक र बोल्ड देखिन्छ । वायरलेस चार्जर भएकोले, ड्राइभको आनन्द लिँदै, सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ ।

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार, निसान म्याग्नाइट स्मार्ट इडिसन गाडीले— निसानको निरन्तर इनोभेसन (नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउँछ ।

निसान म्यागनाइट एएमटी चाँडै नै देशव्यापी रूपमा उपलब्ध हुने तयारीमा रहेको छ । पायोनियर मोटो कर्प—सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ एएमटी भेरियन्टमा ड्राइभिङ अनुभव प्राप्त गर्न प्रोत्साहित गर्दछ । निसान म्याग्नाइट स्मार्ट इडिसन देशभरका डिलरमा उपलब्ध छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro