site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभालाई देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्छु : दाहाल

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

“...राष्ट्रियसभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु,” उनले भने ।

राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने कानुन निर्माणलगायत हरेक कामलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने उनले उल्लेख गरे । उनले विभिन्न पार्टीसँग आबद्ध राष्ट्रियसभा सदस्यलाई एकताबद्ध बनाएर लैजाने विषयमा आफू प्रतिबद्ध रहेको बताए ।

“...राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व, भूमिकाहरूलाई पूरा गराउनको निम्ति म सबै दलसँग आबद्ध माननीय सदस्यहरूलाई एकताबद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध छु । म त्यसमा सफल हुन सक्छु भन्ने कुरामा मलाई आत्मविश्वास पनि छ,” उनले भने, “म त्यहीअनुसार अगाडि बढ्छु ।”

संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने उनले सुनाए । “संविधानमा उल्लेख भएअनुसार राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिका देश र जनताको निम्ति, कार्यपालिकासँग जोडिएर गर्नुपर्ने भूमिकाहरूलाई मैले स्थापित गर्ने ढंगले, गरिमा बढाउने ढंगले मैले भूमिका पूरा गर्न कोसिस गर्छु,” उनले भने । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro