site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अर्याललाई राष्ट्रियसभा अध्यक्षमा अघि सारेको भए कांग्रेसले उमेदवार उठाउने थिएन’ 

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष उर्मिला अर्याललाई अघि सारेको भए नेपाली कांग्रेसले उमेदवारी नदिएको हुने सो पार्टीकी सांसदले बताएकी छन् । मंगलबार राष्ट्रियसभा बैठकमा कांग्रेस सांसद कमला पन्तले यस्तो बताएकी हुन् ।

“हाम्रो बैठकको अध्यक्षता महिलाले गर्नुभएको छ । हामीले २०७२ मा महिलामैत्री संविधान बनायौँ,” उनले भनिन्, “उहाँमा सहमति खोज्न आएको भए अर्को उमेदवार उठाउने थिएन । यस्तो छलफल पार्टीमा भएको थियो ।”

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकार्य र एकताको भाषण गरे पनि सहमतिको प्रयास नगरेको आरोप लगाइन् ।

राष्ट्रियसभा अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट नारायण दाहाल उमेदवार छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसबाट युवराज शर्मा प्रतिस्पर्धामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro