site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युक्यासलविरुद्ध चेल्सीको रोमाञ्चक जित

काठमडौं । इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविरुद्ध चेल्सीले ३–२ को रोमाञ्चक जित निकालेको छ । सोमबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सन, कोल पाल्मेर र मिखाइलो मुन्द्रियकले गोल गरे । न्युक्यासलका एलेसान्डर इसाक र जाकोब मर्फीले गोल गरे पनि हार टार्न सकेनन् । 

घरेलु समर्थकमाझ ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रतामा राखेका थिए । तर, ४३औँ मिनेटमा इसाकले गोल गर्दै न्युक्यासललाई खेलमा फर्काए । ५७औँ मिनेटमा पाल्मेरको गोलमा चेल्सीले पुनः २–१ को अग्रता बनायो । ७६औँ मिनेटमा मुन्द्रियकले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रतामा राखेका थिए । 

९०औँ मिनेटमा मर्फीले गोल गर्दै न्युक्यासललाई खेलमा फर्काउने प्रयास गरे पनि टिमको हार टार्न सकेनन् । 

जितसँगै २७ खेलबाट ३९ अंक जोडेको चेल्सी तालिकाको ११औँ स्थानमा छ । चेल्सीभन्दा एक खेल धेरै खेलेको न्युक्यासल ४० अंकसहित तालिकाको १०औँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro