site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गायक/गायिकाहरूको संस्था उभियो एलिनाका पक्षमा 

काठमाडौं । गायक/गायिकाहरूको संस्था प्रस्तोता समाज एलिना चौहानको पक्षमा उभिएको छ ।

गायक/गायिका एवम् प्रस्तोताहरूको संगठन प्रस्तोता समाजले चौहानलाई फागुन २० गते पर्वतमा आयोजित मगर महोत्सव २०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियनबाट भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

Dabur Nepal
NIC Asia

एलिनाले आपसी सद्भाव नखल्वलियोस भनेर सौहार्दतापूर्वक आफ्ना कमिकमजोरीहरूलाई मनन् गर्दै सामाजिक सञ्जालमार्फत् आत्मआलोचना गरिसकेको पनि समाजले जनाएको छ । 

“साउन्ड व्यवसायिहरूको तर्फबाट भएका आफ्ना कमिकमजोरीलाई मध्यनजर नगर एकतर्फी रुपमा गायिका चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने व्यहोराका असान्दर्भिक एवम् बहिस्कारजस्ता अमर्यादित किसिमका कृयाकलाप भइरहेको छ । आगामी दिनमा यस्ता कृयाकलाप अझ मौलाउने अवस्था देखिएकोले साउन्ड सिस्टम व्यवसायीले उक्त विज्ञप्ति अविलम्ब फिर्ता गरि आगामी दिनमा समन्वयात्मक मार्गवाट अगाडि बढ्न अनुरोध गरिन्छ,” समाजले विज्ञप्ति जारी गर्दै भनेको छ । 

यस्तो थियो एलिना र साउन्ड टेक्निसियनबीचको विवादको कारण 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघलगायतले यसअघि नै साउन्ड सिस्टम व्यवसायीलाई आफ्नो विज्ञप्ति फिर्ता लिन माग गर्दै एलिनाका पक्षमा उभिसकेका छन् । यी संस्थाले विज्ञप्ति नै जारी गर्दै साउन्ड सिस्टम व्यवसायीको निर्णयप्रति आपत्ति जनाइसकेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro