site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
साइबर आक्रमण रोक्न सुरक्षा केन्द्र स्थापना गर्दै सरकार, कसुरमा १० लाखसम्म जरिबाना
सांकेतिक तस्बिर ।

काठमाडौं । सरकारले साइबर आक्रमणसम्बन्धीका घटनाको प्रतिकार्य गर्न साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

स्थापनापछि साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धि गर्ने काम केन्द्रले गर्नेछ ।

यस्तै, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनर्लाभ लगायतका काम पनि केन्द्रले गर्ने मस्यौदामा उल्लेख छ । केन्द्रले डिजिटल फोरेन्सिक अनुसन्धानको काम पनि गर्नेछ ।

साइबर सुरक्षा सेवा प्रदान गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले शुल्क तिरेर नवीकरण गर्ने गरी अनुमति लिनुपर्ने व्यवस्था मस्यौदामा उल्लेख छ । साइबर सुरक्षा परीक्षक समेत केन्द्रमा दर्ता हुनुपर्नेछ ।

केन्द्रको सिफारिसमा सरकारले राजपत्रमा संवेदनशील सूचना पूर्वाधार तोक्न सक्ने विषय समेत मस्यौदामा छ । विधेयक पारित भएर कानुन बनेमा यसअनुसार सूचना प्रविधिसम्बन्धी तालिम एवं अध्ययन अनुसन्धानका लागि सूचना प्रविधि तालिम केन्द्र पनि स्थापना हुनेछ ।

विधेयकको मस्यौदामा साइबर बुलिङ, यौनजन्य दुर्व्यवहार, अनाधिकृत पहुँच, डाटा चोरी, साइबर आक्रमण, एआईको दुरुपयोग लगायतलाई पनि रोक लगाएको छ । विधेयकको मस्यौदाले विभिन्न कसुरमा १० लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म जेल सजायको व्यवस्था समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro