site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा नेतामाथि आक्रमण नितान्त आपराधिक घटना हो, कारबाही हुनुपर्छ : लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि आइतबार पार्टी कार्यालयभित्र हातपात भएको विषयमा छानबिन गरी कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उक्त घटना आपराधिक भएको बताए ।

“पार्टीको कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्याशित रूपमा आक्रमण भएको छ । प्रहरीलाई अनुसन्धान गरेर कारबाही गर्न आग्रह गर्ने निर्णय भएको छ,” उनले भने, “त्यो नितान्त आपराधिक घटना हो । त्यसमा कारबाही हुनुपर्छ भन्ने निर्णय भएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले बैठकसँग सम्बन्धित विषयमा विवाद भएर घटना नभएको जिकिर गरे । “बैठकसँग सम्बन्धित विषयमा विवाद भएर घटना भएको होइन,” उनले भने, “बैठकमा कुनै विवाद भएको छैन ।”

पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा आइतबार दिउँसो श्रेष्ठमाथि आक्रमण गरिएको थियो । बैठककक्षबाट बाहिँरिदा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको भिडियोमा देखिन्छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्