site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाका नेता श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा आइतबार श्रेष्ठमाथि आक्रमण भएको हो । बैठककक्षबाट बाहिँरिदा एक समूहले श्रेष्ठमाथि आक्रमण गरेको थियो  ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् । श्रेष्ठमाथि आक्रमण भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन् ।

पार्टीको आन्तरिक एजेन्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो । 

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro