देश
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहणसँगै तीन निर्णय गरेका छन् । आइतबार मन्त्रीको शपथ लिएका यादवले नयाँ स्वास्थ्य सेवा ऐनका लागि बनेको कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेका छन् ।
यस्तै, उनले संघीय तथा प्रादेशिक अस्पतालहरूमा शल्यक्रिया हुने ढिलाइ कम गर्न अनलाइन प्रणाली लागु गर्ने पनि निर्णय गरेका छन् ।
अस्पतालहरूमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्यका लागि डिजिटल प्रविधिलाई प्रभावकारी गर्न निर्देशन दिने पनि मन्त्री यादवको निर्णय छ ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेको यादवले दोस्रोपटक स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १७:५०
प्रतिक्रिया दिनुहोस्