site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१८औँ राष्ट्रव्यापी बुदोकै–दो कराँते च्याम्पियनसिप : चन्द्र र बबिता च्याम्पियन

काठमाडौं । १८औँ राष्ट्रव्यापी किसिपिडी बुदोकै–दो फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिपमा चन्द्र ढाट र बबिता कार्की च्याम्पियन भएका छन् । काठमाडौंको किसिपिडीमा शनिबार सम्पन्न प्रतियोगितामा ढाट र कार्की विजेता बनेका हुन् ।

बझाङका कुल चन्द्र विष्टलाई पराजित गर्दै ढाट पुरुष खुलामा च्याम्पियन बने । महिला खुलातर्फ कार्कीले सुदूरपश्चिम प्रदेशकी पूजा साउदलाई पराजित गरिन् ।

खुला तौल समूहका स्वर्णपदक विजेता महिला/पुरुष खेलाडीले १० हजार रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरे । अरू तौल समूहका स्वर्ण विजेताले जनही पाँच हजार रुपैयाँ पाए ।

प्रतियोगितामा सर्वाधिक नौ स्वर्ण जित्दै सुदूरपश्चिम टिम च्याम्पियन बन्यो । चार स्वर्ण विजेता वाग्मती प्रदेश उपविजेता बन्यो ।

गएको शुक्रबारदेखि प्रतियोगिता सुरु भएको थियो । १३ स्वर्णका निम्ति पुरुषतर्फ आठ र महिलातर्फ पाँच तौल समूहमा प्रतिस्पर्धा भएको थियोे ।

किसिपिडी बुदोकै–दो फुलकन्ट्याक्ट कराँते शाखाले आयोजना गरेको प्रतियोगितामा देशभरका २०० महिला/पुरुष खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro