site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले तलब–भत्तामा पाँच खर्ब खर्चंदा विकासमा ६३ अर्ब मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६ खर्ब ८६ अर्ब रुपैयाँ सरकारी खर्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्षको सात महिनाको तुलनामा यो वर्ष १३ प्रतिशतले सरकारी खर्च बढेको छ ।

कुल सरकारी खर्चमध्ये चालु (कर्मचारीको तलब–भत्तालगायत)तर्फ पाँच खर्ब नौ अर्ब चार करोड रुपैयाँ खर्च भएको छ । पुँजीगत (विकास खर्चलगायत)तर्फ भने ६३ अर्ब ५८ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

यस्तै, वित्तीय व्यवस्थाका निम्ति एक खर्ब १४ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ ।

सात महिनाको अवधिमा प्रदेश तथा स्थानीय सरकारमा पाँच खर्ब ६७ अर्ब ४० रुपैयाँ राजस्व परिचालन भएको छ । कर राजस्वबाट पाँच खर्ब १० अर्ब ५० करोड र गैरकर राजस्वबाट ५६ अर्ब ९१ करोड रुपैयाँ परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro