site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते 

काठमाडौं । राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले सो निर्वाचन फागुन २९ गते हुने गरी तोकेकी हुन् । उनले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिवलाई निर्देशन समेत दिइन् ।

“राष्ट्रियसभा नियमावली, २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकेको छु,” उनले भनिन्, “साथै, नियमावलीबमोजिम संघीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।”

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro