site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभागले अझै छाप्न थालेन स्मार्ट लाइसेन्स
फाइल तस्बिर ।

काठमाडौं । गत माघ पहिलो साता नै नेपाल आइपुगेको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड छाप्ने प्रक्रिया अझै अघि बढेको छैन ।

यातायात व्यवस्था विभागले जर्मनीको म्युहलबाअर कम्पनीसँग ठेक्का गरेको १२ लाखमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्डमा व्यक्तिको विवरण प्रिन्ट गर्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सको मेसिन छ । उक्त मेसिनले प्रिन्ट गर्ने स्पेसिफिकेसन अनुसारको कार्ड जर्मन कम्पनीबाट नआउँदा समस्या भएको थियो ।

विभागसँग रहेको मेसिनले प्रिन्ट गर्नेभन्दा फरक सिस्टम चाहिने कार्ड आएपछि समस्या भएको हो । हालसम्म पनि समस्या समाधान हुन सकेको छ । विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले अझै समस्या समाधान भइनसकेको बताए ।

बाह्रखरीसँग उनले भने, “अहिले पनि पूरानै किसिमका अत्यावश्यक कार्ड मात्रै छापिने काम भइरहेको छ । नयाँ कार्ड छाप्न समस्या समाधान भइसकेको छैन । काम भइरहेको छ तर जति छिटो हुनुपर्ने हो त्यो भएको छैन ।”

कार्ड आपूर्तिकर्ता जर्मन कम्पनी म्युहलबाअर र मेसिन आपूर्ति गर्ने मद्रास सेक्युरिटी प्रिन्टर्ससँग समन्वय गरेर जति सक्दो छिटो कार्ड छाप्ने प्रयास भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro