site stats
बाह्रखरी :: Baahrakhari
खेल
वर्षाले रोकिएको नेपाल र हङकङबीचको खेल पुनः सुचारु

काठमाडौं । वर्षाका कारण रोकिएको त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल पुनः सुरु भएको छ ।

हङकङस्थित मिसन रोड मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएको करिब आधा घण्टापछि पुनः सुचारु भएको हो । 

जारी खेलको ६ ओभर सकिँदा हङकङले एक विकेट गुमाएर ४५ रन बनाएको छ ।

त्यसअघि नेपालका करण केसीले इनिङको पहिलो बलमै विकेट लिएका थिए । करणले इनिङको पहिलो बलमै मार्टिन कोएट्जीलाई करण केसीले गुल्सनकुमार झाबाट क्याच गराएका थिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसँग हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्