site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले सिध्याउने गठबन्धन टुट्यो : ईश्वर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्तासमीकरणले पार्टी सिध्याउने अभियान टुटेको जिकिर गरेका छन् ।

देशभित्र र बाहिरका केही शक्तिले एमाले सिध्याउने प्रयोजनका निम्ति बनाएको नेपाली कांग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“...चुनावभन्दा अगाडि सिद्धान्तविपरीत, कार्यक्रमविपरीत, योजनाविपरीत गठबन्धन खडा भयो,” उनले भने, “त्यो गठबन्धनले एमालेलाई सिध्याउने योजना बनायो । बाहिरका शक्तिहरू पनि लागे, भित्रका पनि लागे ।”

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नयाँ सत्तासमीकरणलाई ‘मिसन–२०८४’ पूरा गर्न सहयोगीका रूपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गरे । मिसन–२०८४ अभियानलाई सहयोग गर्न सरकार र सत्ता गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको उनले सुनाए ।

मुलुकको बेथितितर्फ गइरहेको राजनीतिलाई नयाँ सत्तासमीकरणमार्फत सही दिशामा ल्याउन सक्दो कोसिस गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । “...मिसन २०८४ जारी रहन्छ । मिसन २०८४, एमालेले बहुमत ल्याउने जुन योजना हो, त्यो योजना हाम्रो जारी रहन्छ । मुलुकको राजनीतिलाई सकारात्मक दिशामा अघि बढाउने हाम्रो कोसिस जारी रहन्छ । हो त्यहीअन्तर्गत यो चिज भएको हो ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउन भ्रष्टाचारविरोधी अभियानमा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro